२०८१ मंसिर २२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । महिलामाथि सिरिन्ज आक्रमणमा संलग्न भएको आरोपमा पक्राउ परेका सन्तोष कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । पछिल्ला दिनमा राजधानीमा महिलामाथि श्रृखलावद्ध रुपमा शंकास्पद् आक्रमण भएका उजुरी परेपछि प्रहरी उनिहरुको खोजिमा जुटेको थियो।

प्रहरीले महिलालाई आक्रमण भएको क्षेत्रमा जडान गरिएका सीसी टीभीबाट फुटेज निकालेर अनुसन्धान थालेको थियो। त्यसकै आधारमा अनुसन्धान गर्दै जाँदा प्रहरी कार्कीसम्म पुगेका हो। आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेका कार्कीलाई सार्वजनिक गर्दै ‘सिरिञ्ज’ प्रहार नगरेको बयान दिनुका साथै ढल्कु र पकनाजोल क्षेत्रको घटनामा पनि आफ्नो संलग्नता रहेको स्वीकार गरेको जनाएको छ।

काठमाडौ प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र वोगटीले भने,‘उनले सिरिन्ज नभई सुरूमा काठको सुइरो र पछि ढलान किलोले घोचेको बयान दिएका छन्। तर आक्रमण गर्नुको कारण भने ‘रमाइलो’का लागि भनेका छन्।’

कार्की महाराजगञ्जमा होटल व्यवसाय गर्छन। राति १० बजे होटल बन्द गरेर मोटरसाइकलमा सोह्रखुट्टे, टंकेश्वर हुँदै नैकापस्थित कोठामा जाने क्रममा माहिलामाथि आक्रमण गर्थे।

प्रहरीले अनुसन्धानको क्रममा घटनामा प्रयोग भएको बा ४७ प १३३१ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।