२०८१ बैशाख १२, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । गत जेठमा सञ्चालन भएको दशौं कोरियन भाषा परीक्षामा १२ हजार ९ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।
कृषि क्षेत्रमा २ हजार ८ सय ७६ र उत्पादनमूलक क्षेत्रमा ९ हजार १ सय ३३ गरी जम्मा १२ हजार ९ जना पास परीक्षार्थी उत्तीर्ण भएका ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए ।

यो वर्ष कृषि क्षेत्रमा ३७ नम्बरभन्दा माथि ल्याउने र उत्पादनमूलक क्षेत्रमा ३८ नम्बरभन्दा माथि ल्याउने उत्तीर्ण भएका हुन् । परीक्षाको नतिजा www.epsnepal.gov.np मा गएर हेर्न सकिने छ ।

गत जेठ २५ र २६ गते भएको भाषा परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएका थिए । उत्तीर्ण भएका मध्ये कुल १० हजार ५० जनालाई कामदारका रुपमा लैजाने भन्दै दक्षिण कोरियाले यसअघि नै कोटा निर्धारण गरेको छ । भाषा परीक्षा र सीप परीक्षणमा पास हुने परीक्षार्थी रोजगार आवेदन दिनका लागि योग्य हुनेछन् ।