विषालु च्याउ खाँदा एक बालिकाको मृत्यु, तीन जना बिरामी
हेटौंडा । मकवानपुरको विकट गाउँ राम्सिराङमा विषालु च्याउ खाँदा एक बालिकाको मुत्यु भएको छ । तीन जना बिरामी परेका छन् ।
जङ्गली च्याउ पकाएर खाँदा बिरामी भएकामध्ये १३ वर्षीया बुञ्जीमाया प्रजाको मृत्यु भएको स्थानीयवासी धिराङ आधारभूत विद्यालयका प्रधानाध्यापक बाबुलाल घलानले जानकारी दिए । विषालु च्याउ खाएर तीन दिनदेखि बिरामी रहेका चेपाङ परिवारका चार जनामध्ये एकको मृत्यु भएको राक्सिराङ–७ का वडाध्यक्ष कुलबहादुर प्रजाले बताए ।
च्याउ खाँदा उनका ४५ वर्षीया बाबु डिबबहादुर चेपाङ, १८ वर्षीया दाई बच्चालाल चेपाङ र सात वर्षीय भाइ बाल्टा चेपाङ सिकिस्त बिरामी परेका प्रअ घलानले जानकारी दिए । घलानका अनुसार कक्षा ६ मा पढ्ने बुन्जीमायाको मृत्यु भएपछि मात्रै च्याउ खाएर बिरामी भएको घटना बाहिरिएको हो ।