२०८२ बैशाख ५, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता १६ असार २०७६, सोमबार

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका– ४ राधेराधे चोकमा सोमबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सोलुखुम्बु पञ्चन– ९ घर भएका २८ वर्षीय फ्रेमबहादुर राई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोरखेलले जानकारी दिए ।

काठमाडाँैबाट भक्तपुर तर्फ जाँदै गरेको बा ५ ख ५३४३ नं को टिपरले सोही दिशातर्फ जाँदै गरेको प्रदेश ३–०२–००६ प ४९९४ नं को मोटरसाइकललाई ठक्कर दिँदा घाइते चालक राईको मध्यपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको उनले बताए । दुबै सवारी साधन महानगरीय प्रहरी वृत्तथिमिको नियन्त्रणमा राखेको र फरार टिफर चालकको खोजी भइरहेको छ ।