२०८१ बैशाख ८, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौ । शिक्षक बनाइदिन्छु भन्दै २० जनाको ६१ लाख रुपैयाँ ठग्ने एक जना प्रधानाध्यापक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–स्थित सामुदायिक प्राथमिक विद्यालय सगरदिनाका प्रधानाध्यापक ४३ वर्षीय अनिल कुमार ठाकुर रहेका छन् । उनले पर्सा र रौतहट जिल्लाका २० जनालाई शिक्षक बनाइदिने भन्दै प्रतिव्याक्ति २ लाख देखी ५ लाखसम्म लिएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) सानुराम भट्टराईका अनुसार ठाकुरले रकम लिएका व्यक्तिलाई नक्कली नियुक्तिपत्र समेत प्रदान गर्दै आएको खुलेको छ । उनलाई बारा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।