२०८१ चैत्र ४, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

संखुवासभा । संखुवासभामा प्रहरी र विप्लवका कार्यकर्ता बीच गोली हानाहान भएको छ । प्रहरी र प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहबीच जम्काभेट हुदा विप्लव समूहले एक्कासी फायरिङ गरेको प्रहरीले दाबी गरेको छ । तर, दुवै पक्षमा कुनै क्षति भने भएको छैन ।

प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले हुइंला भन्ने स्थानमा विप्लव समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर गरेको बताए । उनले भने, ‘उनीहरुले फायर गर्दै जंगलतिर भागेपछि प्रहरीतर्फबाट पनि गोली चलेको छ । थप विवरण आइसकेको छैन ।’

प्रहरीका अनुसार त्यस क्षेत्रमा थप मद्दतको प्रहरी टोली पनि पठाइएको छ ।