२०८१ बैशाख ८, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । लीलाध्वज थापा साहित्य प्रतिष्ठानले यस वर्षको लीलाध्वज थापा साहित्य सम्मान वरिष्ठ कवि तुलसी दिवशलाई प्रदान गर्ने भएको छ ।

प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाको संयोजकत्वमा गठित छनोट समितिले नेपाली साहित्यको उत्थानमा उल्लेखनीय योगदान पु¥याएवापत दिवशलाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको हो । उनले सो सम्मानसंगै नगद २५ हजार प्राप्त गर्ने प्रतिष्ठानले जनाएको छ ।

उपन्यासकार थापाको ९९ औं जन्मजयन्तिका अवरसमा यही असार २० गते उक्त सम्मान प्रदान गरिने छ । यसअघि प्रा डा वासुदेव त्रिपाठी, वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी र समालोचक प्रा डा ताना शर्मालाई उक्त सम्मान प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष थापाले जानकारी दिए ।