२०८१ माघ १२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

बिर्तामोड । ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई ५ सय घुस दिने ट्रक चालक सोमबार झापामा पक्राउ परेका छन् । पक्राउपर्नेमा अर्जुनधारा नगरपालिका–५ का ३९ वर्षीय ट्रक चालक उमाकान्त राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहान सवारी चालक राजवंशीले अस्थायी ट्राफिक प्रहरी पोष्ट चन्द्रगढीका प्रहरी जवान राजु राजवंशीलाई खाजा खानु भन्दै सवारी दर्ता किताबको बीचमा ५ सय राखेर घुस दिएका थिए । ना२ख ८३६० नं ट्रक चालक राजवंशीले घुसबापत रकम दिएलगत्तै उनलाई पक्राउ गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ परेका राजवंशीलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।