२०८१ चैत्र ९, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

लहान । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहान नगरपालिका स्थित पड्रिया चोकमा सोमबार अपरान्ह म्याजिक भ्यानलाई ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १ ज ७४५४ नम्बरको म्याजिक भ्यानले पड्रिया चोकमा रोकेर यात्रु चढाउँदै गरेका बेला सोही दिशाबाट जाँदै गरेको ना८ ख २४१५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।
ट्रकको ठक्करबाट म्याजिकमा सवार सिरहाको पुरानो चोहर्वा निवासी ४० बर्षीय गणपति महरा, सिरहाकै बरियारपट्टी गाउँपालिकाका ७० बर्षीया बचियादेवी राम र नाम ठेगाा नखुलेको एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले जानकारी दिएको छ ।
घाइतेको स्थानिय रामकुमार उमाप्रसाद स्मारक अस्पताल तथा नर्सिङ होम उपचार भइरहेको छ भने गंभीर घाइते भएका ६ जनालाइ धरान पठाएको छ ।