२०८१ चैत्र ९, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

इलाम । इलामको देउमाई नगरपालिकाले मिर्गाैला रोगीलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । मिर्गौलाले काम नगर्ने भएर प्रत्यारोपण गराएका बिरामीलाई नगरपालिकाले निर्वाह भत्ता दिने भएको हो । नगरप्रमुख सूर्यप्रसाद पोख्रेलले सो भत्तास्वरुप मासिक तीन हजार ५ सय आगामी साउन महीनादेखि उपलब्ध गराउने जानकारी दिए । उनले भने,“साउन शुरुदेखि नगरभित्र मिर्गौला रोगीको तथ्याङ्क सङ्कलन गरिने छ । यस्ता बिरामीलाई थोरै भए पनि राहत पु¥याउन यो कार्यक्रम ल्याएका हौं ।”
यसपालिको नगरसभाले यो निर्णय गरेको नगरपालिकाका कार्यकारी अधिकृत प्रेमप्रसाद दाहालले बताए । मिर्गौला पीडितका परिवारले उपचार गराउन नै धेरै रकम सक्ने र बिरामीको हेरचाहमा अधिकांश समय बिताउनु परेपछि आर्थिक भार बढ्ने भएकाले सहयोग गर्न लागिएको कार्यकारी अधिकृत दाहालको भनाइ छ । नेपाल सरकारले पनि दीर्घरोगीलाई उपचार खर्च भनेर यसअघि नै एक लाख सहयोग गर्ने निर्णय गरिसकेको छ ।