२०८१ मंसिर २२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौ । चौतर्फी बिरोध भएपछि भारतीय फिल्म अवार्ड आईफा आयोजना गर्ने निर्णयबाट सरकार पछि हटेको छ । संसदको अन्तर्राष्ट्रि सम्बन्ध समितिले आइफा अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको भोलीपल्टनै सरकारले उक्त अवार्ड नेपालमा नगर्ने भएको हो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यसवर्षको आईफा अवार्ड नेपालमा नहुने बताए । उनले भने,‘यो वर्ष नहुने नै भयो, अब एक, दुई वर्षपछि पूर्वाधारमा हामी सक्षम भयौं भने पुनः आयोजनाको सम्भावना रहन्छ’ ।

सरकारले असार ८ गते मन्त्रिपरिषद बैठकबाट आईफा अवार्ड नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो । उक्त अवार्ड कार्यक्रमका लागि काठमाडौं महानगरपालिकाले ४४ करोड रुपैयाँ अनुदान दिने भनिएको थियो । त्यसपछि उक्त अवार्ड कार्यक्रममा नेपाली नागरिकले तिरेको करबाट अनुदान दिन नहुने भन्दै विरोध भएको थियो ।