२०८१ चैत्र ९, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

पोखरा । प्रदेश सांसद राजीव गुरुङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने भएका छन् । मनाङको क्षेत्र नम्बर ‘ख’ बाट स्वतन्त्र उमेद्वार बनेका दीपक मनाङ्गे नामले चिनिने गुरुङले नेकपाकै समर्थनमा चुनाव जितेका थिए ।
उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री र नेकपाका गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले बिहीबार पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ ।

स्वतन्त्र उमेद्वारी दिएर राजनीतिमा प्रवेश गरेका गुरुङ संगठनमा रहेर जनताको सेवा गर्ने सोचले नेकपामा प्रवेश गर्न लागेको उनको निजी सचिवालयले जानकारी दिएको छ ।

चुनाव जितिसकेपछि फौजदारी मुद्दा आरोपमा पक्राउ परी थुनामा रहेका सांसद गुरुङ झण्डै नौ महिनापछि गएको माघ १४ गते शपथ ग्रहण गरी गण्डकी प्रदेशसभामा प्रवेश गरेका थिए ।