दुर्घटना रोक्न सडकमा पुराण
चितवन । राजमार्गमा अत्याधिक दुर्घटना हुन थालेको भन्दै चितवनका स्थानीयले दुर्घटना न्यूनिकरण र सचेतनाका लागि सडकमै पूजापाठ गरेका छन् । स्थानीय सिद्धिगणेश आमा समुहद्धारा श्रीमदभावगत महापुराणको आयोजना गरिएको हो ।
नारायणगढ–हेटौडा सडक खण्ड अन्तर्गत रत्ननगरको वडा नं १० हरिहरटोलमा सडक किनारमै श्रीमद्भागवत् महापुराण–एकाहाको आयोजना गरिएको छ । रत्ननगरको भानुचोकदेखि सौराहा चोकसम्मको राजमार्गमा दैनिकजसो दुर्घटना हुने र महिनामा एक–दुई जनाको मृत्यु हुने गरेकाले स्वस्ती शान्ति, मृतकको श्रद्धान्जली र सचेतनाका लागि सवै मिलेर पूजापाठ गरिएको सिद्धिगणेश आमा समुहले जनाएको छ ।