गुण्डा नाइके दीपक मनाङे अन्ततः नेकपाका नेता
पोखरा । प्रदेश सांसद राजीव गुरुङ उर्फ चर्चित डन दीपक मनाङे नेकपा प्रवेश गरेका छन् । पोखरामा विहिबार विहान आयोजित एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री एंव नेकपाका नेता पृथ्वीसुब्बा गुरुङले उनलाई पार्टी प्रवेश गराएका हुन । नेपाल प्रहरीको अभिलेखमा दीपकले दर्जनौं मुद्दा खेपिरहेका छन । गुरुङसँगै नेत्रविक्रम चन्द विप्लव समूहका कास्की संयोजक पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन । टीका लगाइदिएर उनिहरुलाई पार्टीमा स्वागत गर्दै मुख्यमन्त्री गुरूङले मनाङ्गेलाई नेकपाको विधान पनि हस्तान्तरण गराए ।
मनाङेले मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि उनले सपथ लिन पाएका थिएनन् । उक्त मुद्दामा सर्वोच्चमा पुनरावेदन गरेका उनलाई सर्वोच्च अदालतले थुनामा नबसी मुद्दा लड्न सक्ने गरी बाटो खोेलिदिएको थियो । त्यसपछि मनाङेले प्रदेश सांसदको रुपमा सपथ लिएका थिए ।
संघीय राजधानी काठमाडौंमा दीपक डनका रुपमा चिनिन्छन । र प्रहरी प्रशासनले पनि उनलाई गुण्डा नाइके ठान्ने गरेको छ ।