२०८१ बैशाख ५, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । प्रहरीले स्कुटर चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौँ महानगरपालिका–२७ ठमेलबाट उनीहरुलाई बिहिबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौँ नयाँ बानेश्वर बस्ने इलाम नगरपालिका–४ का २३ वर्षीय अरुण श्रेष्ठ, सङ्खुवासभाको खाँदबारी नगरपालिका–१२ का धिरेन कटुवाल र काठमाडौँ महानगरपालिका–३२ का २१ वर्षीय अनुप तिवारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले तीनै जनालाई स्कुटर चोरेर लैजान लागेको अवस्थामा पक्राउ गरेको हो ।