काठमाडौं महानगरकी उपमेयर हरिप्रभालाई हृदयाघात, नर्भिकमा भर्ना
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई हृदयाघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ ।
शुक्रबार दिउँसो छातीमा अकस्मात पीडा भएपछि उनलाई नर्भिक पुर्याइएको हो ।
उनको सिसियु कक्षमा उपचार भइरहेको अस्पतालले जनाएको छ । अस्पताल स्रोतका अनुसार, उनकोे शरीरमा क्याथर्टर राखिँदैछ । यसैगरी उनको स्वास्थ्यबारे अनुसन्धान भइरहेको छ ।