२०८१ चैत्र ४, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

डोटी । केआइसिंह गाउँपालिका–१ बाउजेलामा शुक्रबार जङ्गली बँदेलको आक्रमणबाट दुई जना घाइते भएका छन् ।

प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार खेतमा काम गरिरहेको अवस्थामा जङ्गली बँदेलले आक्रमण गर्दा ३२ वर्षीय जगत विक र ३२ वर्षीय इन्द्र विक घाइते भएका हुन् । घाइते जगतको अवस्था गम्भिर छ ।
उहाँलाई उपचारका लागि जिल्ला बाहिर लैजान सिफारिस गरिएको शैलेश्वरी अस्पताल, दिपायलका निर्देशक डा आइजङ कुँवरले जानकारी दिए। अर्का घाइते इन्द्रको शैलेश्वरीमा उपचार भइरहेको छ ।