चट्याङबाट ६० भेडाबाख्रा मरे
रारा । मुगुमकार्मारोङ गाउँपालिका–९ चिमात गाउँको विसेदह लेखमा बिहीबार चट्याङ लागेर ६० भेडाबाख्रा मरेका छन् ।
चट्याङ लागेर करीब ७० भेडाबाख्रा घाइते भएको भेडाबाख्रा चराउन गएका अङ्कलबहादुर बुढाले जानकारी दिए । चट्याङ लागेर चिमात गाउँका अजय बुढा, कृष्ण बुढा, जय सावद र कालिबहादुर विकका भेडाबाख्रा मरेका हुन् ।