२०८१ माघ १२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

चितवन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई जीवन्त बनाउन अहिलेको नेतृत्वको विकल्प खोज्नुपर्ने बताउनुभएको छ । नेपाल शिक्षक सङ्घ प्रदेश नं ३ प्रथम प्रदेश प्रतिनिधिसभाको शुत्रबार रत्ननगरमा उद्घाटन गर्दै उनले पार्टी सभापति शेरबहादुर देउवाको विकल्प काङ्ग्रेसले खोजेको बताए ।

पौडेलले अहिले आम नागरिकले सरकारको नेतृत्वको र काङ्ग्रेसले पार्टीको नेतृत्वको विकल्प खोजेको बताए । पार्टी्भित्र समयमानै निर्वाचन गरेर पार्टीलाई जीवन्त बनाउन नेतृत्वको खोजी गर्नुपर्ने समय आएको पौडेलको भनाइ थियो । पार्टीका कार्यकर्तामा नैरास्यता छाएको भन्दै उनले समयमै महाधिवेशन गरेर नेतृत्व परिवर्तनको आवश्यकता भएको प्रष्ट्याए ।
नेपालमा समृद्धि काङ्ग्रेसलेनै दिनसक्ने भएकाले आम जनताको चाहना काङ्ग्रेसको नेतृत्व देख्ने रहेको पौडेलको भनाइ थियो ।
शनिबारसम्म चल्ने सभामा सङ्घको प्रदेश नं ३ का १३ जिल्लाका जिल्ला कार्यसमिति पदाधिकारी, प्रदेश तथा सङ्घीय प्रतिनिधि, पूर्व तथा निवर्तमान अध्यक्ष तथा जिल्लाका स्थानीय तहमा प्रतिनिधिको सहभागिता रहेको सङ्घका जिल्ला अध्यक्ष डा हरि कँडेलले जानकारी दिए ।