२०८१ चैत्र ९, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

कञ्चनपुर । बेलौरी नगरपालिका–१० मा स्कुटी दुर्घटनामा परी दुई भारतीय महिलाको मृत्यु भएको छ ।

बेलौरीको शिवनगरमा रहेका माइती भेट्न आएका भारतको उत्तरप्रदेशको पिलिभित जिल्ला ग्राम कम्पोजनरका २५ वर्षीय मनिषा हमाल र २३ वर्षीय पलविन्दर चौधरीको युपि २६ एए ६५३८ नं को स्कुटी कल्भर्टमा ठोक्किँदा शुक्रबार साँझ मृत्यु भएको प्रहरीचौकी भुडाका प्रहरी सहायक निरीक्षक डम्बरसिंह कार्कीले बताए ।

दुवै जना माइतीलाई भेट्न आउने क्रममा स्कुटी असुन्तुलन भई कल्र्भटमा ठोक्किँदा गम्भीर घाइते भएपछि तत्कालै एम्बुलेन्समार्फत अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले जानकारी दिए । मृतक दुवै जनाको शव शनिबार परिवारको जिम्मा लगाइएको छ ।