२०८१ माघ २९, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

काठमाडौं । ब्लुरेन फाउन्डेसन नेपालले नेपाली कांग्रेस इलामका नेता डम्बर खड्कालाई राष्ट्रिय सम्मान गरेको छ । संस्थाको वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा खड्कालाई राष्ट्रिय सम्मान २०७६ प्रदान गरिएको फाउन्डेसनले जनाएको छ ।

नेता खड्काले समाज र राष्ट्रलाई पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको सो संस्थाको भनाई छ । कार्यक्रममा गीतकार बुद्धवीर लामाको एकल सांगीतिक कार्यक्रम तथा गीति एल्बमको बिमोचन समेत गरिएको छ ।