२०८१ माघ १२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले शक्ति केन्द्रको निर्देशन पालना गर्दै आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने निर्णयबाट हटेर सरकारले घूँडा टेकेको बताएका छन । आफ्नै निर्णयमा टिक्न नसक्दा सरकारले जनताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको उनको भनाइ छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकको शुरुमै बोलेका कांग्रेस प्रमुख सचेतक खाँणले पहिले रोकिएको तरकारी र फलफूल आयात अहिले किन खुला गरियो भनी प्रश्न गरे । त्यस्तै मुलुकमा व्यक्ति हत्याको श्रृंखला शुरु भएकोमा खाँणले चिन्ता र चासो पनि प्रकट गरे । प्रहरीले इनकाउन्टरको नाममा सर्वसाधारणको ज्यान लिने क्रम नरोकिएको भन्दै उनले त्यसमा गृहमन्त्रीको जवाफ माग गरे ।
जनप्रतिनिधिहरुले राष्ट्रिय सरोकारका विषयमा उठाएका आवाजलाई कर्मचारीतन्त्रले गम्भीर रुपमा नलिएको र अटेर गरेको भन्दै उनले सरकारको ध्यानाकषर्ण गराए । सभामखुले रुलिङ गरेका विषयमा समेत सरकार र कर्मचारीतन्त्र गम्भीर नहुनु आश्चर्यजनक भएको खाँणले बताए । भारत लगायत तेस्रो मुलकबाट आयात हुने फलफुल तथा तरकारीको विषादी परिक्षण रोक्नुको कारण जानकारी गराउन सभामुख कृष्णबहादुर महराले सरकारलाई रुलिङ गरेका छन ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राजपाले मन्त्रीको जवाफ माग गरेपछि सभामुख महराले रुलिङ गरेका हुन । सर्लाहीको ईश्वरपुरमा वालुवा निकालेको खाडीमा बालकको डुबेर मृत्यु भएको र त्यसपछि उत्पन्न परिस्थितीमा प्रहरकिो गोली लागी एक जनाको मृत्यु भएको घटनाको पनि जवाफ दिन सभामुख महराको रुलिङ थियो ।