२०८१ माघ १२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

काभ्रे । सिरिञ्ज आक्रमणको आशंकामा बनेपामा प्रहरीले सोमबार दिउँसो एक जनालाई पक्राउ गरेको छ ।
बनेपाको चार दोबाटो भन्ने स्थानबाट स्याङ्जाका खगेन्द्र प्रसाद पाठकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए । उनले भने,‘पीडितको भनाइअनुसार पाठकले सिरिञ्ज हानेको हो भनेपछि नियन्त्रणमा लिएका हौँ’। बसमा यात्रा गरिरहेकी एक महिलाले आफूमाथि सिरिञ्ज आक्रमण भएको बताएकी थिइन् ।

महिलामाथि सिरिञ्ज आक्रमण भएपछि स्थानीयले पाठकलाई नियन्त्रणमा लिएर कुटपिट गर्न खोजेपछि प्रहरीले उद्धार गरेर तीनदोबाटोस्थित इलाका प्रहरी कार्यालय लगेको थियो । उनलाई अहिले इलाका प्रहरी कार्यालय बनेपामा राखिएको र उनिमाथी थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख सापकोटाले जानकारी दिए ।

‘सिरिन्ज आक्रमण’लाई लिएर केहीबेर बनेपा तनावग्रस्त बनेको थियो । पाठकले भने आफूले सिरिञ्ज आक्रमण नगरेको बताएको प्रहरीको भनाइ छ । पीडित महिलालाई भने उपचारका लागि शिर मेमोरियल अस्पताल लगिएको छ । पाठक स्याङ्जामा शिक्षण पेशामा आवद्ध भएको भनिए पनि स्थायी ठेगाना भने खुल्न नसकेको बताइएको छ ।