२०८२ बैशाख ४, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता २३ असार २०७६, सोमबार

काठमाडौं । प्रदेश नं –१ का मुख्यमन्त्री शेरधन राईले शासन व्यवस्था मात्र नभई पूरै राजनीतिक प्रणाली नै परिवर्तन भएर नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन ।

अमेरिकाको बाल्टिमोरमा शुरु भएको नेपाली राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले नेपाल शान्ति, स्थिरता र सुशासनको बाटोमा अगाडि बढिरहेको कुरामा जोड दिएको उनका प्रेस सल्लाहकार धु्रव सुवेदीले जानकारी दिए ।
मुख्यमन्त्री राईले नेपालमा लगानीको उपयुक्त वातावरण बनेको कुरालाई नेपाल सरकारले केही समयअघि आयोजना गरेको लगानी सम्मेलनले पुष्टि गरेको उल्लेख गर्दै नेपालको तीव्र विकासका लागि सङ्घीय प्रणाली अवलम्बन गरेको बताए । उनले सङ्घीयताले नै हिमाल, पहाड र तराईलाई जोडेको छ भन्दै सबै प्रकारका असमानता र विभेद्का खाडलहरु पुरिँदै गएको उल्लेख गरे ।

आम नागरिकलाई छिटो–छरितो सेवा प्रवाह गर्न नेपाली जनताले सङ्घीयता रोजेका छन् प्रष्ट पार्दै मुख्यमन्त्री राईले संसारभर छरिएर रहेका नेपाली विभाजित नहुन आग्रह पनि गरे ।