२०८१ बैशाख ८, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । ललितपुरस्थित महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट गएराति तीनजना थुनुवा फरार भएका छन् । प्रहरीका अनुसार शमशेर माझी, रुद्रलाल श्रेष्ठ र रवि कुमार तिमल्सिना हिरासतको ग्रिल तोडेर भागेका हुन् ।
उनीहरु चोरी र लागुऔषध मुद्दामा केही दिनअघि पक्राउ परेका थिए । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख (एसएसपी) रविन्द्र धानुकले थुनुवा फरार भएको पुष्टि गर्दै तीनजना प्रहरी निलम्बनमा परेको बताए ।
धानुकका अनुसार ड्यिुटीमा रहेका एक असई, एक हवल्दार र एकजना प्रहरी जवानलाई निलम्बन गरिएको छ । घटनाको अनुसन्धान गर्न ललितपुर परिसरकै एसपी दुर्गा सिंहको नेतृत्वमा चार सदस्यीय समिति गठन गरिएको छ ।