२०८१ बैशाख ८, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

गुलेरिया । बर्दियाको गेरुवा गाउँपालिकाको कार्यालयमा आगजनी भएको छ । गएराती विप्लव समुहले गाउँपालिकाको कार्यालयमा आगजनी गरेको जिल्ला प्रहारी कार्यालय बर्दियाका प्रबक्ता डिएसपी मदनजित महराले जनाएका छन् । आगजनीबाट गाउँपालिकाको कार्यालय र त्यसमा रहेका कागजपत्र पुर्णरुपमा ध्वस्त भएका छन् । आगजानीको जिम्मेवारी कसैले नलिएपनि नेत्र बित्रम चन्द नेतृत्वको माओवादीको भेरी कर्णाली ब्युरोको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।
यसैबीच आगलागी लगत्तै घटनास्थलमा पुगेको ईलाका प्रहरी कार्यालय पाताभारको टोलीका ईन्चार्ज प्रहरी निरिक्षक यम बहादुर मल्ल छत खसेर घाइते भएका छन् । घटनाको अनुसन्धानका लागि पुगेको टोलीका इन्चार्ज मल्ल, आगजनी भएको गाउँपालिकाको छत खसेर गम्भीर घाईते भएका हुन् । टाउकोमा गहिरो चोट लागेको उनलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।