२०८१ चैत्र ४, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

काठमाडौं । कार र माइक्रोबस ठोक्किँदा सिन्धुलीमा १० जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाकोे अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ५ ख २२९८ नम्बरको माइक्रोबस र सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको बा १४ च ८५१८ नम्बरको कार सुनकोशी गाउँपालिका–६ चैनपुरमा बुधबार विहान एकापसमा ठोक्किदाँ सो दुर्घटना भएको हो ।

सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको सुमोलाई सोही दिशाबाट काठमाडौं आउदै गरेको कारले ओभरटेक गर्दा काठमाडौंबाट सिन्धुलीको खुर्कोटतर्फ जाँदै गरेको माइक्रोबससँग ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
उनका अनुसार दुर्घटनामा माइक्रोबसमा सवार ९ जना यात्रु र कारका चालक घाइते भएका छन् । घाइते सबैको सुनकोशी–६ खाल्टेस्थित आत्मीय सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।