२०८१ बैशाख १२, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

विराटनगर । लगातारको वर्षाका कारण विराटनगरका अधिकांश स्थान डुबानमा परेको छ । विराटनगरको दक्षिणी क्षेत्रका केही बस्तीहरुमा पानीको सतह बढेपछि डुबानमा परेको छ भने बजार क्षेत्रमा पानी जमेको छ ।
तीनदिन देखि भईरहेको वर्षाका कारण कोशी अञ्चल अस्पताल समेत डुबेको छ । सडकको पानी अस्पताल भित्र पस्दा औषधि पसल सहितका प्रशासनिक भवनमा पानी पसेको छ । अझै केहीबेर पानी परेमा ईमरजेन्सी कक्षमा समेत पानी पस्ने अबस्था आएको कोशी अञ्चल अस्पतालले जनाएको छ ।

ढलको निकास नगरी सडक अग्लो बनाइएकाले अस्पताल भित्र पानी पसेको हो । पानीको निकाश नहुँदा अस्पतालमा उपचार गराउन आएका सेवाग्राहीलाई समेत समस्या हुँदै आएको छ । अस्पताल चोकमा रहेको गोल्डेन अस्पतालदेखिको पानी कोशी अस्पतालमा छिरेको छ ।