मिले शिल्पा र छवी
काठमाडौँ । श्रीमान छवी ओझाबाट असुरक्षित भएको भन्दै शान्ति सुरक्षा माग गरेर प्रहरीमा उजुरी दिएकी नायिका शिल्पा पोखरेलको विवाद छलफलबाट टुंगिएको छ । काठमाडौं प्रहरी परिसर, टेकुमा भएको दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।
परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार पोखरेलको सुरक्षामा आँच नपुग्याउने गरी ओझाले लिखित सम्झौता गरेका छन् ।
पाखरेलले छवीसँग डिभोर्सको माग राखेको बताए पनि छलफलमा त्यस विषयले प्रवेश पाएन । त्यो विषयमा उजुरीमा नभएको र व्यक्तिगत कुरा भएकाले प्रहरी कहाँ छलफल नभएको बताइएको छ ।
नायिका शिल्पा निर्माता ओझाकी चौथो श्रीमती हुन् । उनीहरुले २०७३ सालको दशैंमा विवाह गरेका थिए ।

