२०८१ चैत्र ५, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

काठमाडौं । नेपाल प्रहरीको डिएसपि हुँ भनि ठगी गर्दै हिड्ने राजेन्द्र प्रसाद लुईटेललाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोट बाट प्रहरी निरीक्षक भुपेन्द्र गिरीको कमाण्डमा खटिएको प्रहरी टोलिले धादिङको धुनिबेसी नगरपालिका २ घर भएका का ३८ बर्षिय लुईटेललाई नागाअर्जुन ७ सितापाईलाबाट पक्राउ गरेको हो ।

लुईटेलले चन्द्रागिरी बस्ने बिजय तामाङलाई आफू सीआइबीमा कार्यरत प्रहरीको डिएसपी बताउदै आफ्नो सेक्युरीटी कम्पनी छ भनि कम्पनीमा १ लाख ६० हजार सेयर हाल्न भनि पटक पटक रकम मागेको र सो क्रममा एक लाख भने लिई सकेको प्रहरीले जनाएको छ । प्रहरीले लुइटेलको साथबाट रेडियो सेट एक थान , सो को चार्जर एक थान र नगद रु एक लाख सहित बरामद गरेको छ ।

लुईटेल सशस्त्र प्रहरीको भगौडा प्रहरी रहेको अनुसन्धानबाट खुलेको छ ।