२०८१ बैशाख १२, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । पहिरोले घर पुरिँदा काभ्रेको बनेपा नगरपालिका–३ मा दुई जनाको मृत्यु भएको छ । अर्का दुई जना घाइते भएका छन् । लगातारको वर्षापछि आएको पहिरोले रामप्रसाद दंगालको घर पुरिएको प्रहरीले जनाएको छ ।
पहिरोमा परेर रामप्रसादकी श्रीमती ५५ वर्षीया गोमा र नातिनी ७ वर्षीया सोहनीको मृत्यु भएको हो ।