२०८१ बैशाख ८, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख (डिएफओ) भक्तबहादुर लामा चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
प्रमुख लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार चार लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले लामालाई कार्यकक्षबाटै घुससहित पक्राउ गरिएको जानकारी दिए।