२०८१ बैशाख १२, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गुडिरहेको स्कूल बसमाथि रुख ढलेको छ । शुक्लाफाँटा नगरपालिकाको वनसमितिस्थित अनिरुद्र माध्यमिक विद्यालयको बसमाथि रुख ढलेको हो ।
स्कूल बस वनसमितिबाट सिमलफाँटातिर विद्यार्थीलाई छोड्न गइरहेको थियो ।
बसमा सवार २ जना विद्यार्थी सामान्य घाइते भएका र उपचार भइरहेको शुक्लाफाँटा नगरपालिका–१ का वडा सदस्य परमानन्द जोशीले जनाएका छन् । बसमा अरु सबै विद्यार्थी सकुसल रहेका छन् ।