२०८१ चैत्र ९, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

सुनसरी । दुई दिनयता निरन्तरको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ५६ ढोकामध्ये २३ वटा ढोका खुला गरिएको छ भने खतराको सङ्केतस्वरुप कोशी ब्यारेजमा रातो झण्डा झुण्ड्याउनुका साथै रातो बत्ती बालिएको छ ।
शुक्रबार अपराह्नसम्म सप्तकोशी नदीमा पानीको बहाव एक लाख ७२ हजार ६२५ क्युसेक प्रतिसेकेण्ड रेकर्ड गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार नाघेपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्वरुप रातो झण्डा र रातो बत्ती बाल्ने गरिन्छ ।

पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालयले र स्थानीय तहले नदी किनार आसपासका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ ।