२०८१ बैशाख १२, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशका विभिन्न भागमा आएको बाढी पहिरोले पुर्याएको जनधनको क्षतिप्रति दुःख प्रकट गरेका छन । उनले आइतबार एक बत्तव्य जारी गर्दै बिपद ब्यबस्थापनको प्रभावकारी कदम चालिनु पर्ने आवश्यता देखिएको बताएका छन ।
हेर्नुहोस् पूर्वराजा ज्ञानेन्द्रको बत्तब्य जस्ताको त्यस्तै–
‘ यो बर्षको मौसमी बर्षा संगै राजधानी लगायत देशका बिभिन्न भूभागमा आएको बाढी पैह्रोको प्रकोपले धेरै जन धनको क्षति भएकोमा मलाई दुखी तुल्याएको छ।
प्राकृतिक प्रकोप र मानवीय संवेदनाको यो घडीमा तिम्रो र मेरो भन्ने संकिर्ण सोचबाट माथी उठेर सबैले सबैको लोकहितकारी काममा लाग्नु पर्दछ भन्ने मेरो हार्दिक आग्रह छ ।
प्राकृतिक विपदको यो घडीमा म शोक संन्तप्त पिडित सबै प्रति हार्दिक समवेदना र सहानुभूति राख्दै बिपद ब्यबस्थापनको प्रभावकारी कदम चालिनु पर्ने आवश्यक्ता देख्दछु ।’