२०८१ चैत्र ५, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विराटनगर । प्रदेश नं १ को राजधानी विराटनगरको बजार यतिखेर पूरै हरियाली भएको छ । साउनको आगमनसँगै विराटनगरको बजार होस् वा भित्री गल्लीका दोकानहरुमा यतिखेर महिला दिदीबहिनीलाई हरियो चुरा, हरियो पोते, पहँेलो पोते, मेहन्दी, हरियो साडीहरु खरीद गर्न भ्याइनभ्याइ भएको छ ।

विराटनगर गुद्रीमा रहेको रियाज स्टोरका व्यापारी रियाज हकले साउनमा आफ्नो व्यापार राम्रो हुने र सामान बिक्री गर्न भ्याइनभ्याइ रहेको बताउँछन ।

यस्तै, न्यू दिदी शृङ्गाार पसलका व्यापारी विपीनसिंह भण्डारी यो महीनामा व्यापार बढ्ने र आम्दानी पनि राम्रो हुने बताउँदै अहिलेको महिलाहरुलाई जडी चुरा, बुटेचुरा र साधा चुरा बढी मन पराउने र आफूले पनि त्यही सामान बिक्री गरिरहेको बताउँछन । साउन महीनामा हरियो चुरा र मेहन्दी लगाउने महिलाको सङ्ख्या बढ्ने गरेको उनको भनाइ छ ।

विराटनगर बजारमा यतिखेर व्यापारीलाई सामान बिक्री गर्न चटारो छ । । विवाहित महिला होस् वा अविवाहित महिला कतिले रहरले लगाउने गरेका छन् भने कतिले देखासिकी गरेर हरियो चुरा र मेहन्दी लगाउने चलन नै भइसकेको छ । हरियो रङ्गलाई समृद्धिको प्रतीक पनि भनिने भएकाले हिन्दू महिलाले श्रीमान्को समृद्धि होस् भनेर खासगरी विवाहित महिलाले हरियो चुरा, पोते, हरियो लुगा र मेहन्दी लगाउने धार्मिक प्रचलन छ ।
साउन महिनामा हरियो चुरा, हरियो पोते, मेहन्दी र हरियो साडीहरु एकले अर्कालाई उपहार पनि दिने चलन रहेको छ भने बजारमा यी सामानहरुको खरीद–बिक्री पनि बढेको पाइएको छ ।