नेकपाले तोक्यो ६ महानगरसहित ७७ जिल्ला कमिटीका इन्चार्ज र सह–इन्चार्ज
काठमाडौं । सत्तारुढ नेकपाले महानगर र जिल्ला कमिटीका इन्चार्ज र सह– इन्चार्ज तोकेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ६ महानगरपालिकासहित ७७ वटै जिल्ला इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आइतबार बेलुकीसम्म नामावली सार्वजनिक हुनेछ । दुइटा साविक पार्टीका इन्चार्जहरु मध्ये एकलाई नै अहिले इन्चार्ज र सह–इन्चार्ज तोकिएको उनले प्रस्ट पारे।
आइतबारको बैठकले विभाग भने गठन गर्न सकेन । विभिन्न विभाग, आयोग र निकाय र प्रवास विभाग एकीकरणका टुंगो लगाउन मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पुनः सचिवालय बैठक बोलाइएको छ ।