२०८१ कार्तिक २४, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । छवि ओझाकी ५३ वर्षीया जेठी श्रीमती हेमा ओझाले श्रीमान् छबि र शिल्पाविरुद्ध बहुविवाहको उजुरी दिएकी छन् । दुई सन्तान (राजिव र महेश) की आमा रहेकी उनले आइतबार महानगरिय प्रहरी वृत्त गौशलामा बहुविवाहको उजुरी दर्ता गरेकी हुन् । अधिकवत्ता स्वागत नेपाललाई साथ लिएर उनी उजुरी दर्ता गर्न प्रहरी वृत पुगेकी थिइन् । छवि र शिल्पाको डिभोर्सको चर्चा चलिरहँदा हेमाले बहुविवाहको उजुरी दिएपछि घटनाले रोचक मोड लिएको छ ।

हेमाले दिएको जाहेरीमा लेखिएको छ, ‘शिल्पा पोखरेल भन्ने व्यक्तिसँग मेरो श्रीमान् छविराज ओझाको सम्बन्ध रहेको भन्ने हल्लाहरु आइरहँदा मैले श्रीमान् ओझासँग सोध्दा के छ तिमीसँग हामीले विवाह गरेको प्रमाण भनेर प्रतिप्रश्न गर्दा मैले प्रमाण पनि भेटिनँ । बिहे दर्ता कहीँ कतै भएको रहेनछ ।’ छवि र शिल्पाको विवाह दर्ताको फोटोकपी भेटेपछि आफूसँग सम्बन्ध कायम रहँदा रहँदै बहुविवाह गरेकोले पति छविराज र शिल्पालाई प्रचलित कानुन बमोजीम कारवाही गर्न उनले माग गरेकी छन् ।