२०८१ बैशाख ८, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी सोमबारदेखि राजकिशोर यादवले सम्हाल्ने भएका छन । राजपाको यही साउन ४ र ५ गते प्रदेश नं २ को राजधानी जनकपुरमा भएको अध्यक्षमण्डलको बैठकले संयोजकको जिम्मेवारी यादवलाई दिने निर्णय गरेको हो ।

सोमबारदेखि यादवले संयोजकको जिम्मेवारी सम्हाल्नुहुने राजपाका संयोजक अनिलकुमार झाले आइतबार विज्ञप्तिमार्फत जानकारी दिएका छन । राजपाको चक्रिय प्रणाली अनुसार हरेक दुई महीनामा संयोजक फेरिने व्यवस्था छ ।