२०८१ चैत्र ४, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

गृहमन्त्री रामबहादुर थापाले मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापनको जिम्मेवारी चुनौतीपूर्ण रहेको बताएका छन ।

प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जले सोमबार आयोजना गरेको ‘तालीम समापन समारोह’मा उनले नेपाल प्रहरीको सङ्घीय संरचनामा साङ्गठानिक स्वरूप बन्न गइरहेकाले सङ्घ र प्रदेशको सम्बन्धलाई सुदृढ बनाएर मुलुकको सुरक्षा थप बलियो बनाउन जरुरी रहेको बताए ।
गृहमन्त्री थापाले नेपाल प्रहरीको संस्थागत क्षमताको विकासका लागि मन्त्रालयको सहयोग रहेको बताए ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले तालीमले सामाजिक योजना, व्यवस्थापन र सुधारका लागि रणनीतिक कौशल, दृष्टिकोण ज्ञान अभिवृद्धि गर्न सफल हुने बताए । सो तालीममा प्रहरी नायब महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको सहभागिता रहेको थियो ।