२०८१ मंसिर २२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

तम्घास । गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । सो गाउँपालिकाको २ वटा वडामा पहिरोले घर पुरिँदा उनीहरुको मृत्यु भएको हो । प्रहरीका अनुसार सत्यवतीको लिम्घामा ८ र ठुलो लुम्पेकमा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा ६५ वर्षीय छल्ली बिक, २८ वर्षीय पम्फा बिक, १२ वर्षीय अंजली बिक, १० वर्षीय हेमन्त बिक, रुपा बिक, सिवानी बिक, निर्मला बिक, हिमान्सु बिक रहेका छन् । त्यस्तै सोहि गाउँपालिका ३ को ठूलोलुम्पेक कसिनडाँडा पहिरोमा पुरिएर ३२ वर्षीय तिलकुमारी तरामु, ९ वर्षीय दर्शन तरामुको मृत्यु भएको हो ।

सोहि वडाको दाङसिंगामा रुद्र बिकको घर पहिरोले बगाएको छ । पहिरोले घर बगाउँदा ४० वर्षीय माया बिक र १६ वर्षीय बबि बिक बेपत्ता भएका छन् । पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । सत्यवती ४ का १० वर्षीय करिश्मा तरामु र १३ वर्षीय धनी तरामु घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको ठूलोलुम्पेकस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।