२०८१ बैशाख ८, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

बुटबल । प्रदेश नं ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यातायात व्यवस्था कार्यालयको आज छड्के अनुगमन गर्दा २१ कर्मचारी अनुपस्थित रहेको पाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट खटिएका छुट्टाछुट्टै टोलीले यातायात व्यवस्था कार्यालय सवारी शाखा मणिग्राम र लाइसेन्स शाखा बुटवलमा छड्के अनुगमन गरिएको थियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवं प्रवक्ता वसन्त अधिकारीले ३२ जना दरबन्दी रहेको यातायात व्यवस्था कार्यालय मणिग्राममा कार्यालय प्रमुख मुक्ति पाण्डेसहित १० कर्मचारी अनुपस्थित रहेको र २९ जना दरबन्दी रहेको लाइसेन्स शाखा बुटवलमा ११ कर्मचारी अनुपस्थित रहेको जानकारी दिए ।
अनुगमनका क्रममा कार्यालयका कर्मचारीले परिचयपत्र र पोशाक नलगाएको र समयमा कार्यालयमा उपस्थित नभएको पाएकाले स्पष्टीकरण सोधिने र स्पष्टीकरण प्राप्त भएपछि कर्मचारी नियमावलीअनुसार अरु प्रक्रिया अघि बढाइने प्रवक्ता अधिकारीले बताए ।