२०८१ मंसिर २९, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । निर्माता छविराज ओझा र शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंमा परेको उजुरीका आधारमा उनिहरुलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिइएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले पूर्जी जारी भएको बताए । छवि र शिल्पाविरुद्ध छविकी पहिलो श्रीमती हेमाले उजुरी गरेकी थिइन् । अब प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर छानविनका साथै अनुसन्धान गर्नेछ ।