गौरादहको एउटै घरमा भेटिए २७ वटा गोमन
दमक । झापाको गौरादह नगरपालिका को एक घरमा २७ वटा गमन सर्प भेटिएका छन् । नगरपालिकाको वार्ड नं ५ स्थित चाप्रामारी कटकपुर बस्ने काशी शर्माको घरमा माउ सहित २७ वटा गोमन सर्पकोे बच्चा दुलो भित्र रहेको अवस्थामा फेला परेको हो ।
मंगलबार रातको ११ बजे घरको कोठामा सुतिरहेको अवस्थामा दुलो भित्र सर्प रहेको थाहा पाएपछि घरमा खैलाबैला मच्चिएको थियो ।
सर्पको डरमा त्रास फैलिएको थियो भने रातभर मानिस जागै बसेको थिए ।
काशी शर्माका छोरा संदिप शर्माका अनुसार छिमेकीकोसहारामा दुलो खन्दा २६ वटा गोमन सर्पका बच्चा भेटिएको थियो भने माउ गोमन सर्प बुधबार विहान फेला परेको संदिप शर्माले बताए । ती सबै बिषालु सर्प भएको भन्दै गाउँलेले ढुंगा, लाठी , भाला प्रयोग गरि मारेको शर्माले बताए । आज फेरि उनकै घरमा करेट सर्प फेला परेकोे छ । उत्त सर्पलाई पनि भाला, लाठीले मारी जमिन मुनि गाडेको संदिप शर्माले बताए । एउटै घरमा पटक पटक सर्प भेटिनु र गमन सर्पले त घरै बनाएर बस्नु अचम्म भएको स्थानीयले बताएका छन् ।