२०८१ बैशाख १२, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । राष्ट्रिय समावेशी आयोगको अध्यक्षबाट डा. शान्तराज सुवेदीले राजीनामा दिएका छन्। राष्ट्रपति कार्यालयका अनुसार सुवेदीले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लिखित राजीनामा बुझाएका हुन्। सुवेदीको राजीनामाबारे राष्ट्रपति कार्यालयले भनेको छ,‘राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. शान्तराज सुवेदीले नेपालको संविधानको धारा २५८ को उपधारा (४) को खण्ड (क) बमोजिम मिति २०७६र४र१२ गतेदेखि लागू हुने गरी राष्ट्रिय समावेशी आयोगको अध्यक्ष पदबाट लिखित राजीनामा दिनुभएको छ।’ सुवेदीलाई राष्ट्रपति भण्डारीले २०७५ चैत ७ गते समावेशी आयोगको अध्यक्षमा नियुक्त गरेकी थिइन। सुवेदी पूर्वअर्थसचिव हुन्।