२०८१ बैशाख ८, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

मेलम्ची । मर्मतको लागि भन्दै सिन्धुपाल्चोकको खाडीचौर हुँदै चरिकोट दोलखा जाने सडक तीन दिनको लागि बन्द हुने भएको छ ।
लामो साँघु जिरी सडक निमार्णको क्रममा रहेको हुँदा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । अविरल वर्षाका कारण हिलो भई सवारी आवतजावतमा समस्या भएको थियो । समितीका प्रमुख कृष्णगोपाल तामाङ्गको अध्यक्षतामा बसेको बैठकले श्रावण ११ गतेदेखि १३ गतेसम्म हरेक दिन बेलुका ६ बजेदेखी विहान ६ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो ।

खासगरी सवारी आवतजावतमा समस्या परेको तथा उक्त सडक पूर्ववत् स्थितिमा सञ्चालनमा ल्याउनुपर्ने भएकोले मर्मतका लागि सवारी आवागमन बन्द गरिएको शहरी डिभिजन कार्यलयका प्रमुख धर्मेन्द्रकुमार झाले बताए ।