२०८१ बैशाख ७, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

मुम्बई । बलिउडमा ठुला ठुला कलाकारहरुको चलचित्रको भिडन्त कमै हुने गरेको छ । तर ठुला ठुला फिल्महरुको भिडन्त हुँदै नभएका भने होईनन् ।

यस्तैमा अक्षय कुमार र आमिर खानको पनि बक्सअफिसमा एकसाथ भिडन्त हुने भएको छ । अक्षय कुमार यतिबेला लगातार चलचित्रमा काम गरिरहेका छन् । यसबीचमा उनको नयाँ चलचित्र बच्चन पाण्डे पनि रिलिजको तयारीमा रहेको छ । भर्खरै मात्र चलचित्रको पोस्टर सार्वजनिक गरिएको छ जुन पोस्टरमा उनी साउथ इन्डियन शैलीमा देखिएका छन् ।

साजिद नाडियाडवालाले निर्माण र फरहाद सामजीले निर्देशन गरेको यस चलचित्रमा उनको धमाकेदार एक्सन देख्न पाईनेछ ।
जुन चलचित्र आउँदो क्रिसमसमा रिलिज हुँदैछ । जुन मितिमा अर्का नायक आमिर खानको चलचित्र लाल सिंह चड्ढा पनि रिलिज हुँदैछ । क्रिसमसमा यी दुई नायकको भिडन्त हुने निश्चित भएपछि बलिउडमा एक प्रकारको तरंग मच्चिएको छ । जुन चलचित्रमा करिना कपुर नायिकाको रुपमा रहेकीछिन् ।

यी दुईले थ्री इडियट्सपछि एकसाथ काम गर्न लागिरहेका छन् । अडवाईट चन्दनले निर्देशन गरेको यस चलचित्रमा आमिर सरदारको भूमिकामा रहेका छन् । हुन त सलमान , आमिर , सारुख जस्ता नायकहरुले आफनो चलचित्र एक अर्काका चलचित्रसंग जुधाउँदैनन् । यस्तोमा अक्षय र आमिरबीच पनि सहमति हुन सक्छ तर यदि भएन भने यस पटकको क्रिसमसमा उनीहरुको भिडन्तलाई कसैले रोक्न सक्दैन । एजेन्सी