बालुवाटार प्रकरणमा मुछिएका श्रेष्ठले सात तलाबाट हाम फालेर गरे ‘आत्महत्या’
काठमाण्डौ । बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेपाली कांग्रेस पर्वतका सचिव युक्तप्रसाद श्रेष्ठले ‘आत्महत्या’ गरेका छन । उक्त प्रकरणमा छानविनमा परेका उनले आइतबार बालाजुको माछापोखरीस्थित हिमालय सिटी सेन्टरको सातौं तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् । प्रहरीका अनुसार सातौं तलाबाट खसेका श्रेष्ठको पिपुल्स अस्पताल नयाँ बजारमा उपचारको लागि भर्ना गरिए लगत्तै मृत्यु भएको हो ।
ललिता निवासको सरकारी जग्गा ब्यक्तिको नाममा दर्ता गर्दा श्रेष्ठ डिल्लीबजार मालपोत कार्यालयमा कार्यरत रहेका थिए । सोही प्रकरणमा उनलाई अख्तियारले बयान लिइरहेको थियो । लाइन्स क्लव अफ डिष्ट्रिक ३२० बी वानको पूर्वगभर्नरसमेत रहेका श्रेष्ठ अख्तियारले बयानमा बोलाएपछि निकै तनावमा रहेका थिए ।