नेकपा सचिवालय बैठक आज चौथो पटक बस्दै
काठमाडौं । स्कुल विभागको नेतृत्वमा सहमति हुन नसकेपछि पटक पटक स्थगित हँदै आएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सोमबार पनि बस्दैछ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा अपरान्ह ३ बजे बस्ने बैठकमा पार्टीको विभागको नेतृत्व टुंगो लगााई नेताहरुको कार्य्विभाजन गरिने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।
यसअघि हिजोका लागि तय गरिएको बैठक, अन्तिम समयमा स्थगित भएको थियो । स्कुल विभागमा सचिवालय सदस्यद्धय ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले दाबी गरेपछि मिलाउन नेतृत्वलाई तहमा सकस परेको छ । संगठन विभाग, विदेश विभागजस्ता महत्वपुर्ण विभाग पूर्वएमालेको भागमा परेकाले स्कुल विभागको नेतृत्व आफुहरुले पाउनुपर्ने पूर्वमाओवादी पक्षको अडानका कारण पार्टीमा विवाद देखिएको हो ।
तत्काल विवाद समाधान गरि एकताका बाँकी काम सक्न अन्य विकल्पमा समेत छलफल गरेका ओली र दाहालले, अन्ततः श्रेष्ठलाई नै स्कुल विभागको जिम्मेवारी दिने तयारी गरेको नेताहरुको दावी छ । ३२ विभाग रहने नेकपाले १८ पूर्वएमाले र १४ विभागको नेतृत्व पूर्र्वमाओवादीलाई दिने सहमति गरेका थिए ।