२०८३ बैशाख ३, बिहिबार
  • ६ वर्ष अगाडि

खोटाङ । खोटाङको हलेसी चुवाचुङ नगरपालिका वडानम्बर १० अर्खौले स्थित कामिडाडामा बस दुर्घटना भएको छ | सदरमुकाम दिक्तेलबाट धरान  तर्फ  जाँदै गरेको को १ ख ६३२० नम्बरको बस दुर्घटना भएको हो |

१० जना सवार रहेको उक्त बस दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएको र २ जनाको अबस्था गम्भीर  रहेको प्रत्यक्ष दर्शीले बताएका  । घाइतेमध्ये

 बस बुधबार बिहान ७ः४० बजेतिर कामिडाँडामा दुर्घटना भएको हो । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको छ । घाइतेहरुको परिचय र दुर्घटनाको कारण नखुलेको र ड्राइभर फरार रहेको  जनाएको छ ।